सातामा नेप्से ४ प्रतिशत र कारोबार रकम ३४ प्रतिशत घट्यो

Aug 07, 2020 03:09 PM Merolagani

यस साता नेप्से परिसूचक चार प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन एक हजार ४३९.०६ विन्दुमा बन्द भएको नेप्से यस साता एक हजार ३८१.३७ विन्दमा बन्द भएको छ।

पाँच कारोबार दिनमध्ये चार कारोबार दिन खुलेको बजार ५७.६९ अंक घटेको हो। नेप्सेसँगै यस साता कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। गत साता आठ अर्बभन्दा बढी शेयर खरिदबिक्री भएको बजारमा यस साता ५ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ। यस साता नेप्सेमा १९४ कम्पनीको ८५ हजार ६०० पटकको कारोबारमा ५ अर्ब २८ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा ३४.१ प्रतिशत कम हो।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकमा गुराँस लघुवित्त, घोडीघोडा लघुवित्त, रुरल माइक्रोफाइनान्स लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकमा बोटलर्स नेपाल, तिनाउ मिसन डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु परेका छन्।

यस साता कारोबारमा आएका सबै उपसमूहहरुको परिसूचक घटेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक यस साता सर्वाधिक ४.७३ प्रतिशत घटेको छ। त्यसैगरी, होटल, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस साता ७ कम्पनीहरुको कुल ४ करोड ५३ लाख ५३ हजार ४८९.०३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

बजार पूँजीकरणका आधारमा यस साता नेपाल दूरसञ्चार कम्पनी, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।