'सिमसिमे पानीमा' र 'पानको पात'का गायक प्रेम राजा महत र उनकी श्रीमतीमा कारोना संक्रमणको पुष्टि

Aug 08, 2020 10:23 AM Merolagani

लोक गायक प्रेम राजा महत र उनकी श्रीमती कविता केसीमा कारोना संक्रमणको पुष्टि भएको छ । अमेरिकास्थित मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यकालागि महावाणिज्यदूत रहेका महतले गए राती आफ्नै फेसबुक मार्फत सो कुराको जानकारी दिएका हुन् ।

उनले सावधानी अपनाए बाबजुत पनि संक्रमित भएको उल्लेख गरेका छन् । यसका साथै गायक महतले आफूहरु हाल अमेिरकास्थित आफ्नै निवासकाे कोठामा आइसोलेसनमा रहेको पनि बताएका छन् । सिमसिमे पानीमा,पानको पात,बाँझो खेतमा,सालैको पातैले आदि उनका चर्चित र सदाबहार गीत हुन् ।

फेसबुकमा उनले लेखेका छन् :

समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरूमा हार्दिक अपिल । यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महतको निरिक्षण र निगरानीमा बसेकाछौं।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु। ईमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्नजानेछ। जय पशुपतिनाथ।

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।