सिभिल लघुवित्तको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

Aug 09, 2020 05:40 AM Merolagani

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले आज (साउन २५ गते) देखि चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

लघुवित्तले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार लघुवित्तले एक सय रुपैयाँ अंकित दरले ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रद निष्काशनलाई केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।

हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।