कोरोना महामारीका बाबजुद अरबपति वारेन बफेटको कम्पनीको आम्दानी ८७ प्रतिशतले बढ्यो

Aug 09, 2020 03:23 PM Merolagani

विश्वका चर्चित लगानीकर्ता तथा अरबपति वारेन बफेटको कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा मन्दी छाएका बेला वफेटको कम्पनी हाथवे इंकको अप्रिल–जून त्रैमासको नाफा ८७ प्रतिशतले बढेको हो ।

शेयर बजारमा उछालका साथै इन्भेष्टमेन्ट पोर्टफोलियोको भ्यालू बढेका कारण कम्पनीको नाफामा बढोत्तरी भएको हो ।

जून त्रैमासमा कम्पनीले २६ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले १४ अर्ब डलर मुनाफा आर्जन गरेको थियो । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।