कोरोनाको असर विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो

Aug 10, 2020 12:15 PM Merolagani

कोरोना महामारीले विश्व अर्थतन्त्र नै प्रभावित बनेको बेला यसको प्रत्यक्ष असर विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोमा पनि परेको छ । सन् २०२० को दोस्रो त्रैमासमा साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोको मुनाफा ७३ प्रतिशतले घटेको छ । 

कोरोना भाइरसका कारण विश्व बजारमा तेलको माग र मूल्य घटेका कारण अरामकोको विक्रीमा तीव्र गिरावट आएको हो । योसँगै कम्पनीको मुनाफा पनि घटेको हो । साउदी अरामको विश्वको सबैभन्दा ठूलो तेल निर्यातक कम्पनी हो ।

कम्पनीका अनुसार, दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा घटेर २४ अर्ब ६० करोड रियाल अर्थात् ६ अर्ब ५७ करोड डलरमा झरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९२ अर्ब ६० करोड रियाल अर्थात् २४ अर्ब ६९ करोड डलर रहेको थियो ।

कोभिड–१९ का कारण तेलको माग र मूल्य घटेका कारण विश्वभरका तेल कम्पनीहरुको अवस्था खराब रहेको छ । व्रिटेनको तेल कम्पनी बीपीले दोस्रो त्रैमासमा ६ अर्ब ७० करोड डलर नोक्सान बेहोर्नुपरेसँगै कम्पनीले पहिलोपटक लाभांशमा कटौती गर्ने घोषणा गरेको छ । एजेन्सी 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।