विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र हवाइ उडानको समयावधि थप्ने तयारी,मन्त्रिपरिषद बस्दै

Aug 10, 2020 01:57 PM Merolagani

मन्त्रिपरिषदको बैंकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थप गर्ने सभ्भावना रहेको छ । मन्त्री परिषद बैठक पाँच बजे बस्दै छ ।

कोरोना भाइरसको संक्रमण बढदै गएकाले यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णयबाट पछि हट्ने सम्भावना देखिएको हो ।

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । उक्त बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने सम्भावना प्रवल रहेको एक मन्त्रीले बताए।

बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि कम्तिमा १५ दिन थप्ने निर्णय गर्न सक्ने ती मन्त्रीले बताए।

गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले उक्त तीन बिषयमा यसअघिको निर्णय सच्चाउनु पर्ने सुझाव मन्त्रीपरिषदलाई दिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।