दैनिक सकारात्मक सर्किट लागेर मूल्य बढीरहेको अजोड इन्स्योरेन्सले कति कमायो नाफा?

Aug 11, 2020 07:48 AM Merolagani

दोस्रो बजारमा कारोबार शुरु भएकाे दिनदेखि दैनिक सकारात्मक सर्किटसहित उकालो लागिरहेको अजोड इन्स्योरेन्स (AIL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.८५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद बीमा शुल्कसँगै पुनर्बीमा कमिशन आयलगायतका आयहरु बढेपछि इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।

असार मसान्तसम्ममा इन्स्योरेन्सले २७ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड २८ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क १५ करोड ५१ लाख रुपैयाँ मात्र रहेको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय ७ करोड ५३ लाख रुपैयाँ बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, इन्स्योरेन्सको लगानी कर्जा तथा अन्यबाट हुने आय १ करोड ५५ लाख रुपैयाँ बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

असार २५ गतेदेखि २९ गतेसम्म ३० करोड बराबरको आईपीओ निष्काशन गरेको यस इन्स्योरेन्सको चुक्ता पूँजी असार मसान्तसम्ममा ७१ करोड ५० लाख रुपैयाँ रहेको छ। इन्स्योरेन्सले साउन ४ गते आईपीओ बाँडफाँट गरेको थियो। इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७० लाख रुपैयाँ सञ्चित छ।

असार मसान्तसम्ममा इन्स्योरेन्सले ८६ लाख १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको जारी बीमालेख संख्या ९१ हजार २२७ रहेको छ भने नवीकरण गरिएको बीमालेखको संख्या ५ हजार ९२ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १ हजार ९८० दाबी बापत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ। सो अवधिसम्ममा १४३ दाबी बापत ५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।