के संसारले महामारी युद्ध जितिरहेको छ?

Aug 11, 2020 07:48 PM Merolagani

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ भाइरसको आगमनलाई विश्वव्यापी महामारी घोषणा गरेको ६ महिना नाघिसकेकाे छ।

त्यो बेला, जनवरीको अन्त्यतिर, १० हजार मानिसहरुमा कारोना भाइरस संक्रमण पुष्टि भएको थियो भने २०० भन्दा बढी मानिसहरु यस भाइरसका कारण मरेका थिए। तिमध्ये कुनै पनि मृत्यु चीनभन्दा बाहिर भएको थिएन।

त्यस दिनदेखि विश्व र हाम्रो जीवनमा ठूलो परिवर्तन भइसकेको छ। त्यसैले, हामी मानव जाति र कोरोनाभाइरसबीचको युद्धमा कसरी सहभागिता जनाइरहेका छौँ त?

यदि हामीले सम्पूर्ण विश्वको चित्र हेर्यौ भने यस्तो देखिन्छ।

अहिले विश्वभरमा कोरोना पुष्टि हुनेको संख्या २ करोड पुगिसकेको छ भने ७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। शुरुका दिनहरुमा १ लाख संक्रमित पुग्न हप्ता दिन लागेको थियो तर अहिले केही घण्टामा नै लाखौँ संक्रमितहरु फेला परिरहेका छन्।

‘हामी अझै एक द्रुत, तीव्र र धेरै गम्भीर महामारीको बीचमा छौँ,’ डब्ल्यूएचओका डा. मार्गरेट ह्यारिसले भने, ‘यो विश्वको हरेक समुदायमा छ’।

यो एक मात्र महामारी भएपनि यसको कथा भने एउटा मात्रै छैन। कोभिड १९ को प्रभाव विश्वका विभिन्न स्थानहरुमा फरक छ र आफुलाई आफ्नो देशभन्दा बाहिरको वास्तविकतामा अन्धो बनाउन सजिलो छ।

तर एक सत्यले सबैलाई बाँढेको छ, चाहे त्यो अमेजनको रेनफरेष्टमा बस्ने होस् या सिंगापुरको गगनचुम्बी महलमा या यूकेको लेट समर स्ट्रीटमाः यो यस्तो भाइरस हो जुन मानविय सामिप्यतामा फस्टाउँछ। हामी जति नजिक आउँछौँ, त्यति यो सर्ने खतरा हुन्छ। चीनमा पहिलो पटक भाइरस देखा परेको बेला जस्तै यो आज पनि सत्य छ।

यो केन्द्रिय सिद्धान्तले तपाई संसारमा जहाँ भएपनि त्यहाँको स्थिति वर्णन गर्दछ र भविष्य कस्तो देखिन्छ भन्ने निर्धारण गर्दछ।

पछिल्लो समयमा महामारीको हटस्पट, ल्याटिन अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने भारतमा दैनिक संक्रमितको संख्या तीव्र गतिमा बढीरहेको छ। यसले हंगकंगले किन मानिसहरुलाई क्वारेन्टिनमा राखेको छ र दक्षिण कोरियाका अधिकारीहरुले मानिसहरुको बैंक खाता र फोन किन निगरानी गरिरहेको छ भन्ने स्पष्ट पार्दछ। यसले बताउँछ कि किन यूरोप र अष्ट्रेलिया, लकडाउन हटाउन र महामारीसँग लड्न संघर्ष गरिरहेको छ। र हामी किन पुरानो सामान्य अवस्थाभन्दा ‘नयाँ सामान्य’ अवस्था खोजिरहेका छौँ।

‘यो भाइरस विश्वभरी नै घुमिरहेको छ। यसले हरेक मानिसलाई प्रभाव पारेको छ। यो एक मानिसबाट अर्को मानिसमा सर्छ र यो कुरालाई प्रष्ट्याउँछ कि हामी सबै एकअर्कासँग जोडिएका छौँ,’ लण्डन विश्वविद्यालयका डा. एलिसाबेटा ग्रोपेलीले बताए, ‘यो यात्रासँग मात्रै सम्बन्धित छैन, यो मानिसहरुले गर्ने जस्तै बोल्ने र सँगै समय बिताउने लगायतका कार्यहरुसँग सम्बन्धित छ’।

यो ट्रयाक गर्नका लागि असाधारण रुपमा मुश्किल भाइरस साबित भइसकेको छ, जसले धेरै मानिसहरुमा सामान्य या कुनै लक्षण नै देखिँदैन तर, अस्पतालमा अन्य व्यक्तिहरुका लागि घातक छ।

‘यो हाम्रो समयको पर्फेक्ट भाइरस हो। हामी सबै कोरोनाभाइरसको समयमा बाँचिरहेका छौँ,’ डा. ह्यारिसले बताए।

जहाँ सफलता प्राप्त भयो, त्यहाँ यस भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने क्षमतालाई तोड्ने माध्यमबाट भएको हो। न्यूजिल्याण्डले सबैको ध्यानाकर्षण गर्यो। उनीहरुले चाँडै कदम चाले, जब त्यहाँ थोरै संक्रमित देखिएका थिए उनीहरुले लकडाउन गरे, सीमा नाका सील गरे र अहिले त्यहाँ विरलै केही केसहरु देखिन्छन्। त्यहाँको जीवन अन्य मुलुकको भन्दा धेरै सामान्य भइसकेको छ।

आधारभूत कुराहरुलाई सहि तरिकाले बुझ्नाले केही गरिब देशहरुलाई पनि मद्दत पुगेको छ। चीनसँग सबैभन्दा लामो खुल्ला सीमा भएको मुलुक मंगोलिया हो। यो मुलुक नराम्ररी प्रभावित हुन सक्थ्यो। तर, जुलाईको अन्त्यसम्ममा कुनै एक केसलाई पनि सघन उपचारको आवश्यकता परेन। आजसम्म त्यहाँ करिब ३०० को हाराहारीमा संक्रमित देखिएका छन् भने कुनै संक्रमितको मृत्यु भएको छैन।

‘मंगोलियाले सीमित स्रोतबाट धेरै राम्रो काम गरेको छ। उनीहरुले केसहरुलाई आईसोलेट गर्न, सम्पर्क पहिचान गर्न र ति सम्पर्कहरुलाई आईसोलेट गर्न ‘शु–लेडर महामारी विज्ञान’ प्रयोग गरे,’ लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डेभिड हेम्यानले बताए।

उनीहरुले पनि छिटै विद्यालय बन्द गरे, अन्तरराष्ट्रिय यात्राहरुमा रोक लगाए र फेस मास्क र ह्याण्ड वासिङ्गलाई प्रमोट गरे।

अर्कोतर्फ प्राध्यापक हेम्यान तर्क गर्छन् कि, ‘राजनैतिक प्रतिनिधित्वको अभावले पनि धेरै मुलुकहरु, जहाँ पब्लिक हेल्थ लिडर्स र राजनीतिक नेताहरु एकै साथ काम गर्न कठिनाइ छ, त्यस्ता मुलुकलाई यसले थप हामी पु¥याएको । त्यस्तो अवस्थामा भाइरस झन् सक्रिय हुन्छ’।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यहाँका सरुवा रोग विशेषज्ञ एन्थोनी किताबको अर्कै पानामा छन या भनौ महामारीको बेल अर्कै कदम चालेका थिए। ब्राजिलका राष्ट्रपतिले पनि भाइरसलाई सामान्य फ्लुको रुपमा व्याख्या गर्दै गैर लकडाउनका ¥यालीहरुको समर्थन गरे र मार्चमा महामारी अन्त्य हुन लागेको बताएका थिए।

तर, ब्राजिलमा मात्रै २८ लाख मानिसहरु संक्रमित भइसकेका छन् भने १ लाख मानिसहरुको मृत्यु भइसकेको छ।

तर, यस्ता मुलुक जहाँ भाइरस चरम विन्दुमा पुगेको थियो, जहाँ कडा र दर्दनाक लकडाउनहरुबाट गुज्रिएका थिए, उनीहरुले पाएका छन् कि यो अझै गइसकेको छैन, यदि हामीले आफ्नो सुरक्षालाई खुकुलो बनायौँ भने यो अझै फैलिनेछ र सामान्य अवस्था अझै निकै टाढा छ।

‘उनीहरुले लकडाउनबाट बाहिर आउनुभन्दा अधिक चुनौतिपूर्ण पाएका छन्,’ डा. ग्रोपेल्लीले बताए, ‘उनीहरुले हामी कसरी यस भाइरसको साथ रहन सक्छौँ भन्ने विषयमा सोँचेका छैनन्’।

अष्ट्रेलिया ति मुलुकहरुमध्ये एक हो जो लकडाउनबाट बाहिर आउने बाटोको निर्माण गर्ने कोशिस गरिरहेको थियो, तर, भिक्टोरिया राज्य अहिले ‘विपद’ को अवस्थामा छ। मेलबर्नले जुलाईको सुरुवातदेखि पुनः लकडाउन गर्यो तर, संक्रमले निरन्तरता पाएसँगै झन कडा नियमहरु लागु गरिएको छ। अहिले त्यहाँ राति कफ्र्यू लगाइएको छ र मानिसहरु आफ्नो घरको ५ किलोमिटरभन्दा बाहिर जान नपाउने व्यवस्था गरेको छ।

यूरोप पनि खोल्न थालिएको छ, तर, स्पेन, फ्रान्स र ग्रीसमा एक हप्तामा नै सर्वाधिक संक्रमित फेला परेका छन्। जमर्नीमा एकै दिनमा १ हजार केस अगाडि आएको छ जुन पछिल्लो तीन महिनाको दैनिक केसहरुमध्ये सबैभन्दा बढी हो।

फेस मास्क लगाउनु, कुनै समयमा असामान्य कुरा लाग्थ्यो, तर अहिले यूरोपमा यो सामान्य भइसकेको छ, यहाँसम्म कि समुद्र तटका केही रिसोर्टहरुले पनि मास्क लगाउन जोड दिएका छन्।
र हामी सबैको लागि एक चेतावनी– विगतको सफलता भविष्यको लागि कुनै ग्यारेन्टी होइन। कोरोना भाइरसको पहिलो लहरलाई रोक्न सफल भएका कारण हंगकंगको सर्वत्र प्रशंसा भएको थियो–अहिले बार तथा जीमहरु पुन बन्द हुन थालेका छन्, जबकि यहाँको डिज्नील्याण्ड रिसोर्ट एक महिनाभन्दा कम समयको लागि ढोका खुल्ला राख्न सफल भयो।

‘लकडाउन हटाउनुको अर्थ पुरानो अवस्थामा फर्किएको पक्कै होइन। यो नयाँ सामान्य हो। मानिसहरुले यो सबै बुझेका छैनन्,’ डा. ह्यारिसले बताए।

कोरोना भाइरस विरुद्धको लडाईमा अफ्रिकाको स्थिति एक खुला प्रश्न बनिरहेको छ। त्यहाँ १० लाखभन्दा बढी केसहरु अगाडि आएका छन्; एक सफल सुरुवातका बाबजुत महादेशको सबैभन्दा धेरै संक्रमितको साथ दक्षिण अफ्रिक एक नराम्रो स्थान बनेको छ। तर, तुलनात्मक रुपमा कम परीक्षणको अर्थ स्पष्ट तस्वीर देखिन मुश्किल हुनु हो।

र दुनियाँको बाँकी भागको तुलनामा अफ्रिकाको निकै कम मृत्युदर एक रहस्य बनेको छ। किन भन्ने प्रश्नका लागि केही सुझावहरु यहाँ दिइएको छः

  • अधिकांश व्यक्तिहरु जवान छन्–अफ्रिकामा औषत उमेर १९ छ र कोभिड वृद्धहरुका लागि अधिक खतरनाक छ।
  • अन्य सम्बन्धित कोरोना भाइरस अधिक सामान्य हुनसक्छ र त्यसले केही सुरक्षा प्रदान गर्न सक्छ
  • धनी मुलुकहरुमा सामान्य मानिने रोग, जस्तै मोटोपना र मधुमेह, जसले कोभिड जोखिम बढाउँछ, त्यो अफ्रिकामा कम छ।

मुलुकहरुले यसको जवाफमा नवीनता दिइरहेका छन्। रुवाण्डले अस्पतालका सामाग्रीहरु डेलिभर गर्न र कोरोना भाइरस प्रतिबन्ध प्रसारण गर्न ड्रोनको प्रयोग गरिरहेका छन्। यहाँसम्म कि उनीहरुले नियम पालन नगर्नेहरुलाई समात्न पनि ड्रोन प्रयोग गरिरहेका छन्।

तर, भारतको केही राज्यहरुका साथै दक्षिण पूर्व एशिया र त्योभन्दा अगाडि, जहाँ स्वच्छ पानी र सरसफाइको पहुँच छ त्यहाँ सबैभन्दा सजिलो उपाय, हात धुनुलाई वेवास्ता गरिएको छ।

‘यहाँ त्यस्ता मानिसहरु छन् जोसँग हात धुन पानी छ र त्यस्ता पनि छन्, जोसँग पानी छैन,’ डा. ग्रोपेल्ली बताउँछन्, ‘मूख्य भिन्नता भनेको, हामी यो विश्वलाई दुई भागमा विभाजन गर्न सक्छौँ। र यहाँ एउटा ठूलो प्रश्न छ कि कुनै पनि खोप पत्ता नलागेसम्म भाइरस नियन्त्रण कसरी गर्ने’।

त्यसोभए यो सब कहिले सकिन्छ त?

पहिला देखि नै औषधी उपचार गरिरहका छन्। डेक्सामेथाजोन, एक सस्तो स्टेरोइड, ले केही सिकिस्त बिरामीहरुलाई बचाएको छ। तर, यो सबै कोभिड १९ संक्रमितहरुलाई मृत्युको मुखबाट बचाउन पर्याप्त छैन अथवा सबै अवरोध हटाउन पर्याप्त छैन। स्वीडेनको रणनीतिले दीर्घकालिन प्रतिफल दिन्छ कि दिँदैन भन्ने विषयमा सबैले नजिकबाट नियालिरहेका छन्। स्वीडेनले लकडाउन गरेन तर, छिमेकी मुलुकहरुको तुलनामा त्यहाँको मृत्युदर धेरै छ।

साधारणतया, जीवनलाई पुनः सामान्य बनाउने विश्वको आशा एक खोपमा लगाइएको छ। मानिसहरुलाई खोप दिएपश्चात भाइरसको फैलने क्षमता तोडिने अपेक्षा गरिएको छ।

अहिले ६ खोपहरु क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश गरेको छन्। यो यस्तो महत्वपूर्ण चरण हो जब खोपले वास्तवमै काम गर्छ कि गर्दैन भन्ने थाहा पाउँछौँ। यो एक अन्तिम अवरोध पनि हो जहाँ धेरै औषधीहरु असफल भएका छन्। स्वास्थ्य अधिकारीहरु भन्छन् कि ‘जब’ भन्दा पनि ‘यदि’ हामीले खोप पायौँ भनेमा जोड दिइनुपर्छ।

यसैबीच रुसले कोरोना भाइरसको पहिलो खोप प्रयोगको लागि प्रमाणित भएको दाबी गरेको छ।

डब्ल्युएचओका डा. मार्गरेट ह्यारिस भन्छन्, ‘मानिसहरुमा यो हलिउडिय विश्वास छ कि वैज्ञानिकहरु यसलाई ठिक गर्दैछन्। दुई घण्टाको फिल्ममा यसको अन्त्य चाँडै भएको देखाइन्छ, तर वैज्ञानिकहरु ब्राड पिट होइनन्, जो आफैले खोप लगाउँदै भन्छन्, हामी सबैलाई बचाउन गइरहेका छौँ।’

अनुवाद: प्रत्येक अवाले

(बीबीसीबाट)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।