अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, नेपालमा पनि साेही दरमा घट्ने अनुमान

Aug 12, 2020 09:12 AM Merolagani

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ। २ हजार डलरभन्दा माथि पुगेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्य बुधबार २३ डलरले घटेर प्रति अउन्स एक हजार ८९३ डलरमा काराेबार भइरहेकाे छ।

यसैगरी मंगलबार सुनको मूल्य ६ प्रतिशतले घटेर सात वर्षयताकै उच्च दैनिक गिरावट देखिएको थियो भने चाँदीको मूल्य पनि १५ प्रतिशतले घटेर एक दशकयताको भन्दा बढीको उच्च गिरावट देखिएको हो।

मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस विरुद्धको विश्वको पहिलो सफल भ्याक्सिन बनाएको दाबी गरेपछि विश्व बजारका लगानीकर्ताहरुमा अरु क्षेत्रमा लगानीको आशा बढेसँगै सुनको मूल्यमा गिरावट देखिएको अनुमान लगाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरमा मूल्य घटेसँगै नेपालमा पनि सुनको मूल्य साेही दरमा घट्ने अनुमान गरिएकाे छ। नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार नै निर्धारण हुने हुदाँ अन्तर्राष्ट्रिय बजारको प्रत्यक्ष प्रभाव नेपालको सुनचाँदी बजारमा पर्ने गर्दछ।

कोरोना महामारीले विश्वव्यापी रुपमा आर्थिक मन्दी सिर्जना गरिरहेको अवस्थामा विश्व बजारका लगानीकर्ताहरु सुरक्षित लगानीको क्षेत्रका रुपमा सुनतर्फ आकर्षित हुदाँ पछिल्लो केही दिनदेखि सुनको मूल्य उच्च रुपले बढेर दिनदिनै ऐतिहासिक रेकर्ड कायम गरिरहेको थियो। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।