सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा झण्डै ५० प्रतिशतले घट्यो

Aug 12, 2020 09:59 AM Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा झण्डै ५० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.६७ प्रतिशतले कम हो।

कोरोना भाइरसका कारण बैंकको व्यवसाय विस्तारमा परेको असर, निक्षेप कर्जाको बृद्धिदरमा परेको असर, कर्जा असुलिमा समस्या, केन्द्रिय बैंकले ब्याजदर २ प्रतिशतले घटाउन दिएको निर्देशन लगायतको कारणले बैंकको नाफामा संकुचन आएको  बताइएकाे छ। 

चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घटेको छ। चौथो त्रैमाससम्ममा बैंकले ४४ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले २९ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यस्तै, सञ्चालन नाफा ७ करोड ३२ लाख रुपैयाँबाट घटेर ४ करोड ६४ लाख रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन खर्च पनि ३ करोड ३२ लाख रुपैयाँबाट बढेर ५ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ अर्ब ५६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ अर्ब ५३ करोड रुपैयाँबाट बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

खराव कर्जा २.२० प्रतिशतबाट घटाएर १.६५ प्रतिशतमा झारेको छ। बैंकको आधार दर ११.०४ प्रतिशत छ भने स्प्रेड दर ७.४१ प्रतिशत छ।

बैंकको चुक्ता पुँजी ७८ करोड ७१ लाख रुपैयाँबाट बढेर ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष पनि ८ करोड ९९ लाख रुपैयाँबाट बढेर ९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ३०.३९ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।