पचास प्रतिशत कर्मचारीबाट बीमा कम्पनी चलाउन समितिको निर्देशन

Aug 12, 2020 03:55 PM Merolagani

बीमा समितिले इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय चलाउन निर्देशन दिएको छ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि समितिले उक्त निर्देशन दिएको हो ।

साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बीमकका कर्मचारीहरु एकैपटक कार्याललयमा आवत/जावत र कार्य सम्पादन गर्दा कोभिड १९ को संक्रमण बढ्ने हुदाँ सजगता अपनाउइ कर्मचारीहरुलाई आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारीबाट कार्य सम्पादन हुने गरी व्यवस्था गर्न निर्देशन दिएको हो ।

साथै सवारी साधनमा पनि जोर विजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न समितिले निर्देशन दिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।