एनएलजी इन्स्योरेन्सको खुद नाफा बढ्यो, खुद बीमाशुल्क भने घट्यो

Aug 13, 2020 05:38 AM Merolagani

एनएलजी इन्स्योरेन्स (NLG) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा इन्स्योरेन्सको खुद नाफा बढेको छ भने खुद बीमाशुल्क घटेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६७ लाख रुपैयाँ बढी हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८१ करोड ९३ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। खुद बीमाशुल्क घटेपनि अन्य आय बढेका कारण इन्स्योरेन्सको नाफा बढेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी पनि ५ करोड ३१ लाख रुपैयाँ घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५५ करोड ११ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद दाबी भुक्तानी गत आर्थिक वर्षमा ४९ करोड ८० लाखमा झरेको छ।

१ अर्ब ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ, बीमा कोषमा ८९ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ७ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको चुक्तापूँजी ६४ करोड ४ लाख रुपैयाँ, जगेडा कोष १९ करोड ८३ लाख रुपैयाँ, बीमा कोष ७९ करोड २२ लाख रुपैयाँ र महाविपत्ती जगेडा ६ करोड ३० लाख रुपैयाँ रहेको थियो।

इन्स्योरेन्सले हालै ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी बढाएको हो। हकप्रदपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्नेछ। यद्यपि, हकप्रद शेयर पूर्ण बिक्री भइनसकेका कारण इन्स्योरेन्सले विवरणमा बिक्री भएको हकप्रद शेयर बराबरको पूँजी समावेश गरेको छ।

हकप्रद पूँजीकरणपश्चात इन्स्योरेन्सको वार्षिक १९ रुपैयाँ ६२ पैसा कायम हुन आउँछ। यस अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३.४८ गुणा हुन आउँछ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २२ पैसा रहेको थियो।

इन्स्योरेन्सले असार मसान्तसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हालसम्म जारी बीमालेखको संख्या १ लाख ६९ हजार ८२७ रहेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ३३ हजार १८० रहेको छ। अघिल्लो आर्थिक वर्षसम्ममा इन्स्योरेन्सको कुल बीमाशुल्क १ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो भने जारी बीमालेखको संख्या १ लाख ७१ हजार १६४ रहेको थियो।

सो अवधिसम्ममा इन्स्योरेन्सले ५ हजार ४६५ दाबी बापत ८९ करोड ८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने २ हजार ८६२ दाबी बापतको ६५ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।