आईपीओ निष्काशनको अन्तिम तयारीमा रहेको सानिमा जनरलको नाफा ५३ प्रतिशत बढ्यो

Aug 13, 2020 10:56 AM Merolagani

आईपीओ निष्काशनको तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लाे आर्थिक वर्षको यहि अवधिको तुलनामा ५३.३८ प्रतिशत अर्थात् १ करोड ९३ लाख ७६ हजार रुपैयाँ बढी हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ६ करोड ८ लाख रुपैयाँ बढेर १३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड ४० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १ करोड ६३ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। बीमा समितिको निर्देशन अनुसार न्युनतम एक अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ। आईपीओ निष्काशनको अनुमति माग्दै कम्पनी धितोपत्र बोर्ड पुगिसकेको छ।

यस्तै, कम्पनीको जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ, बीमा कोषमा ५ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५७ लाख ४९ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा इन्स्योरेन्सले ४२ हजार ३८३ वटा बीमालेख जारी गरी ३५ करोड २६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, ८०७ वटा दाबी बापत कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४०६ वटा दाबी बापत ७ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।