ब्याज आम्दानी घटेपछि नेपाल एसबिआई बैंकको नाफा घट्यो

Aug 14, 2020 11:57 AM Merolagani

नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको चाैथाे त्रैमासमा खुद नाफा घटेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ बैंकले शुक्रबार सार्वजानिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा खुद नाफा ३३.२२ प्रतिशतले घटेको छ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लाे आर्थिक वर्षको तुलनामा ७६ करोड १८ लाख रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

कोभिडको असरका कारण बैंकको व्यवसाय विस्तार तथा ब्याज संकलनमा असर पर्दा बैंकको नाफा घटेको हो। बैंकको गत असार मसान्तमा उठ्नुपर्ने ब्याज रकम उठ्न नसक्दा खुद ब्याज आम्दानी घटेको छ। जसले गर्दा बैंकको नाफामा संकुचन आएको हो।

गत आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा ९८ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७० करोड रुपैयाँबाट घटेर ४ अर्ब २४ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, सञ्चालन नाफा ३ अर्ब १२ करोड रुपैयाँबाट घटेर २ अर्ब १९ करोड रुपैयाँमा झरेको छ।

बैंकको कर्मचारी खर्च १ अर्ब ६१ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ तर अन्य सञ्चालन खर्च भने ८८ करोड रुपैयाँबाट घटेर ८० करोड रुपैयाँमा झरेको छ। इम्पेरिमेन्ट चार्ज १४ करोड ६६ लाखबाट २७ करोड २३ लाख रुपैयाँमा पुगेको छ।

बैंकको निक्षेप संकलन ९७ अर्ब ९२ करोड रुपैयाँबाट बढेर १ खर्ब १० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८४ अर्ब ३८ करोड रुपैयाँबाट बढेर ८९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा सामान्य बढेको छ। यस अवधिमा खराब कर्जा अनुपात ०.२० प्रतिशतबाट बढेर ०.२३ प्रतिशत पुगेको हाे। यस अवधिमा बैंकको आधार दर ९.२५ प्रतिशत, स्प्रेड दर ३.८७ प्रतिशत र कोषको लागत ६.८५ प्रतिशत रहेको छ। त्यस्तै, सिसिडि रेशियो ६३.२० प्रतिशत छ भने पूँजीकोष अनुपात १५.४४ प्रतिशत छ।

चुक्ता पूँजी ८ अर्ब ९५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग १ अर्ब ४१ कराेड रूपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ पैसाबाट घटेर १७ रुपैयाँ ९ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात २५.४५ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।