गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा झण्डै ४० करोड रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको थियो।
गत आवमा बैंकको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षमा बैंककाे इम्पेरिमेन्ट चार्ज ६० करोड ४० लाख रुपैयाँ राखेको छ। अघिल्लो वर्ष यस्तो रकम ११ करोड ७१ लख रुपैयाँ थियो। कोरोनाको कारण बैंककको गत असार मसान्तमा उठ्नुपर्ने ब्याज असुलीमा समस्या हुँदा बैंकको नाफामा असर परेको बैंकले जनाएको छ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दान गरेको छ जुन गत वर्षको तुलनामा ३२ करोड रुपैयाँले धेरै हो। गत वर्षको यसै अवधिमा ३ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। बैंकको सञ्चालन नाफा भने २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ९० करोड रुपैयाँमा झरेको छ।
बैंकको निक्षेप संकलन ८५ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ खर्ब ४ अर्ब ९ करोडरुपैयाँ पुगेको छ भने कर्जा लगानी ७५ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ८ अर्ब ४५ करोड रहेको बैंकको जगेडा कोष १ अर्ब ८५ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसाबाट घटेर १४ रुपैयाँ ८० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.८६ गुणा छ।
बैंकको खराब कर्जा अनुपात ०.३७ प्रतिशतबाट बढेर ०.५४ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा बैंकको आधार दर ९.२१ प्रतिशत छ भने स्प्रेड दर ४.३६ प्रतिशत, सिसिडि रेशियो ७३.८१ प्रतिशत, पूँजीकोष अनुपात १३ प्रतिशत र कोषको लागत ६.७१ प्रतिशत छ।