सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपनि नाफा २५ प्रतिशतले बढ्यो

Aug 15, 2020 07:01 PM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.९ प्रतिशत अर्थात ७ करोड १४ लाख रुपैयाँ बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने ५० लाख ८१ ह्जार रुपैयाँ घटेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९८ करोड ९२ लाख रुपैयाँ रहको इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको यहि अवधिसम्ममा घटेर ९२ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले यस अवधिमा पुनर्बीमा आयबाट ३२ करोड ७७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ९ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा ६३ करोड १४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड १० लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ९५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १५.७३ गुणा कायम भएको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले १ लाख ४४ हजार २८१ बीमालेख जारी गरी २ अर्ब १९ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरिसकेको छ। जसमध्ये गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको ४९ हजार ८९३ वटा बीमालेख नविकरण भएको छ।

त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ५ हजार ८४८ वटा दाबी बापत एक अर्ब २ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४२७ दाबी बापतको ८७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।