आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ४५ प्रतिशतले बढ्यो

Aug 15, 2020 07:05 PM Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा ४५.४४ प्रतिशत अर्थात ६ करोड ५६ लाख रुपैयाँ बढी हो।

अघिल्लो अर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३ करोड ९७ लाख रुपैयाँ अर्थात ८.३५ प्रतिशत बढेर ५१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ४७ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत १९ करोड ३३ लाख, लगानी कर्जा तथा अन्यबाट ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ, बीमा कोषमा ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १९ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात २२.५८ गुणा बढी छ।

कम्पनीले ९८ हजार ३८१ वटा बीमालेख जारी गरी एक अर्ब ३६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको १३ हजार ६२० वटा बीमालेख नवीकरण भएका छन्।

यस अवधिमा कम्पनीले ३ हजार ५१२ कुल दाबी बापत ७४ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ९६४ वटा दाबी बापत ४४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।