सातामा करिब २ प्रतिशत बढ्याे बजार, काराेबार रकम करिब १० प्रतिशत बढ्याे

Aug 16, 2020 07:45 AM Merolagani

अघिल्लो साता १ हजार ४०० को मनोवैज्ञानिक टेवा विन्दुभन्दा तल रहेको नेप्से परिसूचक गत साता सोभन्दा माथि पुगेको छ। गत साता नेप्से परिसूचक २७.४२ अंक बढेर १ हजार ४०८.७९ विन्दुमा पुगेर बन्द भएको छ।

नेप्सेसँगै गत साता कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो साता ५ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा गत साता ५ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

गत साता १९७ कम्पनीको १ लाख ३२ हजार पटकको कारोबारमा सो रकम बराबरको १ करोड ७४ लाख कित्ता शेयर खरिदबिक्री भएको हो। गत साता कुल बजार पूँजीकरण २.०६ प्रतिशत बढेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण १८ खर्ब ५९ अर्ब पुगेको छ।

गत साता कारोबार रकम र शेयर संख्याका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो साता यस कम्पनीको १० हजार १८१ पटकको कारोबारमा ४ करोड ६६ लाख रुपैयाँ बराबरको ७ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गत साता कारोबारमा आएका व्यापार र होटल उपसमूहको परिसूचक बाहक अन्य सबै उपसमूहको परिसूचक बढेको छ। सो साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.४८ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, अन्य, विकास बैंक, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

अघिल्ला साताको अन्तिम कारोबार दिन डेड क्रस बनाएको नेप्सेको ५ दिने र २० दिने इएमएले गत साता पुनः गोल्डेन क्रस बनाएको छ। सोमध्ये बजार केही उकालो लाग्न थालेपनि साताको अन्त्यतिर यी दुई बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

१ हजार ४०८.७९ विन्दुमा बन्द भएको बजार आगामी साता उकालो लागे १ हजार ४६० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १ हजार ३६० विन्दु वरिपरि टेवा पाउने देखिन्छ। यद्यपि, नेप्से पहिला १ हजार ४०० काे मनाेवैज्ञानिक विन्दुमा टेवा पाउने सम्भावना पनि रहेकाे छ।

गत साता दैनिक औषतमा १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। पछिल्लो २० दिनको नेप्सेको दैनिक औषत कारोबार रकम १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा नेप्से गत साता न्यूट्रल जोनमा झरेको छ। अघिल्लो साता नेप्से ग्रीड जोनमा रहेको थियो। यसले बजार सामान्य अवस्थामा फर्किएको संकेत गर्दछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।