लुम्बिनी जनरल इन्स्योरेन्सको व्यवसायमा काेराेनाकाे असर, नाफा २१.४४ प्रतिशत घट्यो

Aug 16, 2020 12:57 PM Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा २१.४४ प्रतिशत घटेर २० करोड ४१ लाख रुपैयाँमा सीमित भएको हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि कम्पनीको नाफा प्रभावित भएको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ७ करोड ५४ लाख रुपैयाँ घटेर ५८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लाे आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ६६ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि बीमाशुल्क आर्जनमा समस्या भएको कम्पनीले जनाएको छ।

कम्पनीले पुनर्बीमा कमिशन बापत १७ करोड ८३ लाख, लगानी कर्जा तथा अन्यबाट ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब १४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ, बीमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड १ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात २५.३४ गुणा छ।

यस अवधिमा इन्स्योरेन्सले एक लाख ३१ हजार ७८७ वटा बीमालेख जारी गरी एक अर्ब २१ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीकाे १६ हजार ९४४ वटा बीमालेख नविकरण भएका छन्।

कम्पनीले ४ हजार ८९३ वटा दाबी बापत ७६ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ३७० वटा दाबी बापत ६७ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।