नेशनल लाइफ इन्स्योरेन्सको १७.५ प्रतिशत लाभांश प्रस्ताव

Aug 16, 2020 11:52 AM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख रुपैयाँ नगद र २.५ प्रतिशत अर्थात ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।