गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसंगै नाफा पनि बढ्यो

Aug 16, 2020 12:50 PM Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ३० करोड ९४ लाख रुपैयाँ बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले एक अर्ब ८९ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

गत आर्थिक वर्षको असार मसान्तम्ममा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६५ करोड ८६ लाख रुपैयाँ, बीमालेख धितो कर्जाबाट ५ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधीमा इन्स्योरेन्सको खुद नाफा पनि एक करोड ८५ लाख रुपैयाँ बढेर ९ करोड ४९ लाख ९६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इनस्योरेन्सले ७ करोड ६४ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ६४ लाख, जीवन बीमा कोषमा ७ अर्ब ६६ करोड १ लाख र महाविपत्ती कोषमा ४ करोड ५४ लाख रुपैयाँ संचित छ।

हालसम्म इन्स्योरेन्सले १० अर्ब २ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ७ हजार ३४८ वटा दाबी बापत ५४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२ वटा दाबी बापत ४५ लाख ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात ४५.९४ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।