नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९ अर्ब माथि, नाफा समेत बढ्यो

Aug 16, 2020 12:53 PM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा एक अर्ब ३१ करोड ३८ लाख रुपैयाँ अर्थात् १६.८४ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ८० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ४ करोड ४६ लाख ५८ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट २ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ३८ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि ३९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ५४ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३३ अर्ब ७२ करोड १६ लाख, जगेडा कोषमा एक अर्ब ३ करोड ६१ लाख र महाविपत्ती कोषमा २७ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

कुल ८ लाख १० हजार ८३२ बीमालेख कायम रहेको इन्स्योरेन्सले ९ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्याेरेन्सले १७ हजार ४५५ वटा दाबी बापत २ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३८ करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ३९.१२ गुणा रहेको छ।

इन्स्योरेन्सले आज आइतबार नै  अघिल्लाे आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख रुपैयाँ नगद र २.५ प्रतिशत अर्थात ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।