अपर तामाकाेशीको घाटा बढ्यो, प्रतिशेयर आम्दानी ऋणात्मक

Aug 16, 2020 01:02 PM Merolagani

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर (UPPER) ले ६ करोड ९४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। अघिल्लो आर्थिक बर्षको यसै अवधिमा कम्पनी ५ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा थियो। 

अन्य स्रोत मार्फतको आम्दानी घट्नुका साथै सञ्चालन खर्च बढ्दा कम्पनीको नोक्सानी बढ्न पुगेको हो। 

यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत २ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ३४ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ६६ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३२ पैसा रहेको छ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी शून्य रहेको छ।

आयोजना निर्माणको अन्तिम चरणमा रहेको र २०७७ कार्तिकदेखी बिजुली उत्पादन शुरु गरी २०७७ माघसम्म सम्पूर्ण निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। तर, हाल विश्वव्यापी रुपमा भइरहेको कोरोना महामाहारीका कारण विदेशी परामर्श नेपाल आउन समस्या भएको, सामान ढुवानीमा भएको समस्या तथा कार्य सम्पादनमा भइरहेको सुस्तता लगायतका समस्याका कारणले निर्धारित समयमा आयोजनाको बाँकी काम सम्पन्न गर्नमा चुनौती देखिएको कम्पनीले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।