करिब ४ करोड घट्यो आइसिएफसि फाइनान्सको खुद नाफा

Aug 16, 2020 12:46 PM Merolagani

आइसिएफसि फाइनान्स (ICFC@) ले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ४ करोड रुपैयाँ कम हो। अघिल्लो आवमा फाइनान्सले १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेपछि फाइनान्सको नाफा घट्न दबाब पुगेको देखिन्छ।

गत आवमा फाइनान्सको वितरण योग्य नाफा ९ करोड २५ लाख रुपैयाँ रहेको छ।

गत आवमा फाइनान्सले ४० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आवको तुलनामा ४ करोड ३८ लाख रुपैयाँ बढी हो। अघिल्लो आवमा फाइनान्सले ३६ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

गत आवको चौथो त्रैमाससम्ममा फाइनान्सले १२ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गत आवमा फाइनान्सको इम्पेरिमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा फाइनान्सकाे यस्ताे चार्ज एक करोड ९४ लाख रुपैयाँ मात्र थियो।

चुक्ता पूँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा २८ करोड ८७ लाख रुपैयाँ छ।
अघिल्लो आवमा १६.२८ रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी गत आवमा घटेर ११.०८ रुपैयाँमा सीमित भएको छ। गत आवमा फाइनान्सको कष्ट अफ फण्ड ८.४१ प्रतिशत, आधार दर १०.२४ प्रतिशत छ। त्यस्तै, फाइनान्सको स्प्रेड रेट ४.९१ प्रतिशत रहेको छ भने खराब कर्जाको हिस्सा ०.४९ प्रतिशत छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।