ज्योति विकास बैंकको नाफा २३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता?

Aug 16, 2020 01:17 PM Merolagani

ज्योति विकास बैंक (JBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। विवरण अनुसार बैंकको नाफा २३ प्रतिशत घटेको छ। 

चौथो त्रैमाससम्ममा बैंकले ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैयाँले कम हो। अघिल्लो वर्ष बैंकले ५३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे।

कोरोनाको कारण थलिएका व्यवसायीलाई केन्द्रिय बैंकले भने अनुसारको छुट तथा सहुलियत दिँदा बैंकको नाफा खुम्चिएको हो।

असार मसान्तसम्ममा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दान गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा झण्डै १० करोड रुपैयाँ धेरै हो। अघिल्ला वर्षको यसै अवधिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियाे। त्यस्तै, बैंकको सञ्चालन नाफा ७४ करोड ७० लाख रुपैयाँबाट घटेर ५८ करोड ५८ लाख रुपैयाँमा झरेको छ।

बैंकको निक्षेप संकलन २५ अर्ब ९९ करोड रुपैयाँबाट बढेर ३६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी २४ अर्ब ७७ करोड रुपैयाँबाट बढेर २९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ०.५४ बाट सामान्य बढेर ०.६८ प्रतिशत पुगेको छ।

हाल ३ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७७ करोड रुपैयाँ छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १४ पैसाबाट घटेर ११ रुपैयाँ ७० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात १४ रुपैयाँ १९ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।