चौथो त्रैमाससम्ममा बैंकले १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ६८ लाख रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्ष बैंकले ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५५ लाख ८६ हजार रुपैयाँ ऋणात्मक छ। अघिल्लाे आर्थिक वर्ष यस्तो नाफा ३ करोड ९२ लाख रुपैयाँ थियो।
कोरोनाको कारण थलिएका व्यवसायीलाई केन्द्रिय बैंकले भने अनुसारको छुट तथा सहुलियत दिँदा बैंकको नाफा खुम्चिएको वित्तीय विवरणमा उल्लेख छ।
असार मसान्तसम्ममा बैंकले १४ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दान गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ७१ करोड रुपैयाँ धेरै हो। अघिल्लाे आर्थिक वर्षको यसै अवधिमा बैंकले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियाे। त्यस्तै, बैंकको सञ्चालन नाफा ६ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड ३८ लाख रुपैयाँमा झरेको छ।
बैंकको निक्षेप संकलन २ अर्ब ६१ करोड रुपैयाँबाट घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको छ भने कर्जा लगानी १ अर्ब ६८ करोड रुपैयाँबाट बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा १.६३ बाट सामान्य बढेर १.७१ प्रतिशत पुगेको छ।
हाल ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ करोड २१ लाख रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७१ पैसाबाट २ रुपैयाँ ९९ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात ४४.८१ रुपैयाँ १९ पैसा रहेको छ।