खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा ठूलो रकम छुट्याउनु परेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १०.०६ रुपैयाँ घटेको छ। ५० करोड ४ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६० रुपैयाँ २४ पैसाबाट घटेर ५० रुपैयाँ १८ पैसामा सीमित भएको छ।
असार मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ६१ करोड १७ लाख निक्षेप संकलन र ५ अर्ब ९५ करोड ४ लाख रुपैयाँ सापटीबाट ११ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको निक्षेप २१.४२ प्रतिशत बढेको हो भने कर्जा १.२२ प्रतिशत घटेको हो।
चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ७३ करोड ५२ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको यस्तो आम्दानी अघिल्लो आवको तुलनामा २ प्रतिशत कम हो।
लघुवित्तको खराब कर्जा अनुपात ४.२० प्रतिशतविन्दु बढेर ४.६७ प्रतिशत कायम भएको छ। सोही कारण लघुवित्तले जोखिम व्यवस्थामा अघिल्लो आवको तुलनामा ८ करोड ७८ लाख रुपैयाँ बढी छुट्याएको छ।
लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ७० पैसा, मूल्य आम्दानी अनुपात ३२.९० गुणा कायम भएको छ।