इन्फिनिटी लघुवित्तको नाफा झण्डै २६ प्रतिशतले बढ्यो

Aug 17, 2020 11:45 AM Merolagani

इन्फिनिटी लघुवित्त (ILBS) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २६ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा २६.४१ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा लघुवित्तले १५ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तले ९ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यस्तै, लघुवित्तको सञ्चालन आम्दानी पनि ५ करोड ९५ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँमा पुगेको छ।

लघुवित्तको खराब कर्जा भने बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ०.७७ प्रतिशत रहेको खराब कर्जा बढेर १.१६ प्रतिशत पुगेको छ।

हाल २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ रुपैयाँ रहेको छ।

लघुवित्तको निक्षेप संकलन ५१ करोड २८ लाख रुपैयाँबाट बढेर ६१ करोड २० लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ अर्ब ४६ करोड रुपैयाँबाट बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ३४.६२ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।