ग्रामीण विकास लघुवित्तलाई ‘राइट ब्याक’ को टेवा

Aug 17, 2020 12:47 PM Merolagani

गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) ले ८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ६३ लाख रुपैयाँ कम हो।

अघिल्लो आवको सोही अवधिसम्ममा लघुवित्तले २० करोड ५३ लाख ४८ हजार नाफा कमाएको थियो। असार मसान्तसम्ममा सञ्चालन मुनाफा ऋणात्मक रहेको यस लघुवित्तले खराब कर्जा उठाउन सफल हुँदा सो बराबरको नाफा देखिएको हो।

सो अवधिसम्ममा लघुवित्तले १ करोड २० लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ। तर, १३ करोड ९७ लाख रुपैयाँ खराब कर्जा उठाएका कारण लघुवित्त नाफामा देखिएको हो। लघुवित्तले निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.१४ प्रतिशतबाट बढेर ५.०८ प्रतिशत पुगेको छ।

निष्क्रिय कर्जा बढेपछि लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९ करोड १७ लाख छुट्याउँदा लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएको हो। 

 

सरकारले गरेको लकडाउनका कारण कर्जा असुली प्रभावित भई खराब कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापन बढेको कारण पनि लघुवित्त कम्पनीको नाफा घट्न दबाब पुगेको हो।

लघुवित्तको नाफा घट्दा तथा चुक्ता पूँजी वृद्धि हुँदा ईपीएस घटेको हो। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९२ करोड ४२ लाख १६ हजारबाट बढेर ९८ करोड २५ लाख रुपैयाँ पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २२्२२ रुपैयाँबाट घटेर ८.४३ रुपैयाँमा झरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।