सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा गिरावट, इपीएस कति?

Aug 17, 2020 01:44 PM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.१८ प्रतिशत कम हो।

अघिल्लो वर्ष बैंकले ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८ करोड ५८ लाख रुपैयाँ छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ५.८० प्रतिशत बढेर १ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ९९ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४९ करोड रुपैयाँबाट घटेर २६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। हाल २ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी

रहेको यस बैंकको जगेडा कोषमा ६० करोड २५ लाख रुपैयाँ सञ्चित छ। बैंकको रिटेन्ड अर्निङमा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा बैंकले २८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ९६ करोड कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात बढेर १.१३ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्ता कर्जा ०.८० प्रतिशत मात्र थियो।

प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४१ पैसा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।