नयाँ नेपाल लघुवित्तको नाफामा सुधार

Aug 17, 2020 02:46 PM Merolagani

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसको तुलनामा २८.५७ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७४.२८ प्रतिशत बढेर ६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा पनि १ करोड ३४ लाख रुपैयाँबाट बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म २१ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले १ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

१० करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको खराब कर्जा भने १.१२ प्रतिशतबाट बढेर २.०६ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९५ पैसा कायम भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।