जनउत्थान सामुदायिक लघुवित्तको नाफामा ९.३४ प्रतिशतको गिरावट, अन्य सूचकको अवस्था कस्तो?

Aug 18, 2020 11:33 AM Merolagani

जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष खुद नाफा ९.३४ प्रतिशत घटेर २ करोड २३ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

लकडाउनको कारण लघुवित्तले वार्षिक योजना अनुसार प्रगति गर्न नसक्दा त्यसको प्रभाव वित्तीय सूचकमा परेको लघुवित्तले उल्लेख गरेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले दुई करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

असार मसान्तसम्ममा ५३ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ५२ लाख रुपैयाँ अन्य वित्तीय संस्थामार्फत सापटी लिएर एक अर्ब ५० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले ११ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई करोड ३१ लाख रुपैयाँ धेरै हो। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ८ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यसअवधिमा लघुवित्तको सञ्चालन मुनाफामा उच्च गिरावट आएको छ। लघुवित्तको सञ्चालन मुनाफा १ करोड ९४ लाख ९४ हजार रुपैयाँ रहको छ। यो अघिल्लो वर्षको तुलनामा ४५.४८ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यसै अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ५७ लाख ५६ हजार रुपैयाँ थियो।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.२३ प्रतिशतबाट १.३५ प्रतिशतविन्दुले बढेर ३.५८ प्रतिशत पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ८२ पैसा रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।