राधी विद्युत कम्पनीको नाफा करिब ३४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

Aug 18, 2020 01:19 PM Merolagani

राधी विद्युत कम्पनी (RADHI) ले गत आर्थिक वर्षको चौँथो त्रैमाससम्म ७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ८७ लाख रुपैयाँ अर्थात् ३३.९७ प्रतिशतले धेरै हो । 

अघिल्लो आवमा कम्पनीले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत विक्रीको आम्दानी बढेसँगै कम्पनीको नाफामा बढोत्तरी देखिएको हो ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् १५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ४० लाख रुपैयाँ अर्थात् ९.६० प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्री मार्फत् १४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसाले बढेर १५ रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा रहेको थियो ।

यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात ११.४५ गुणा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।