समृद्धि फाइनान्सले तोक्यो हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति

Aug 20, 2020 11:03 AM Merolagani

समृद्धि फाइनान्स (SFCL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भदौ १२ गते बुकक्लोज गर्ने भएको हो।

फाइनान्सले चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँको १ बराबर २ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

भदौ १२ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

फाइनान्सको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।