समताले गर्यो लाभांश घोषणा, बोनस कति?

Aug 23, 2020 10:39 AM Merolagani

समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले गत आवसम्मको मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। भदौ ५ गते बसेको लघुवित्तको सञ्चालन समितिले सो निर्णय गरेको हो।

असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९३ लाख ४० हजार १६० रुपैयाँ पुग्नेछ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।