अब लघुवित्तको हकप्रद शेयरमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ।
लघुवित्तले गत साउन २५ गतेदेखि १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको थियो। सो हकप्रद शेयरमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेकोमा सञ्चालक समितिको निर्णय अनुसार १५ दिन थप गरिएको लघुवित्तले जनाएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ लघुवित्तले असार १५ गते बुक क्लोज गरेको हुनाले सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रद निष्काशनलाई केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।
लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।
हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।