विद्युत आम्दानी बढेपछि अरुण काबेलीको नाफा बढ्यो, इपीएस कति?

Aug 30, 2020 07:19 AM Merolagani

अरुण काबेली हाइड्रोपावर (AKPL) ले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा बढाउन सफल भएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

सो अवधिसम्ममा हाइड्रोपावरले १० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा १० करोड ९६ लाख रुपैयाँले धेरै हो।

कम्पनीले निर्माण गरेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत कार्तिक २३ गतेबाट व्यवसायीक उत्पादन थालेकाले कम्पनीको नाफा बढ्न सहयोग पुगेको देखिन्छ।

सो अवधिसम्ममा हाइड्रोपावरले विद्युत बिक्री गरेर ४० करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य स्रोतमार्फत २ लाख २९ लाख रुपैयाँ आम्दानी गरेको छ।

डेढ अर्ब रुपैयाँ शेयर पूँजी रहेको कम्पनीले जगेडा कोषमा ९ करोड ४२ लाख रुपैयाँ सञ्चय गरेको छ। अघिल्लो आर्थिक वर्ष उसको जगेडा कोष १ करोड ५३ लाख रुपैयाँले घाटामा थियो।

चौथो त्रैमाससम्ममा हाइड्रोपावरको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १५.८५ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।