विद्युत बिक्रीबाट आम्दानी बढ्दा पाँचथर पावर नाफामा

Aug 31, 2020 08:06 AM Merolagani

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा नोक्सानीमा रहेको यस कम्पनी गत आर्थिक वर्षमा नाफामा देखिएको छ।

गत असार मसान्तसम्ममा कम्पनीले ८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो नाफा १२ करोड ६ लाख ४७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो। १३२ केभिको काबेली विद्युत प्रसारण लाइन सम्पन्न भई आयोजनाबाट उत्पादीत सम्पूर्ण विद्युत केन्द्रिय प्रसारण लाईनमा प्रवाह गर्न सकिएकोले विद्युत बिक्री बापतको आम्दानी बढेको कम्पनीले जनाएको छ।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ३९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी २४ करोड ९९ लाख रुपैयाँ रहेको थियो।

असार मसान्तसम्ममा ९६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १३ करोड ९७ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ४९ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।