सातामा करिब १२ अर्बको कारोबार, नेप्से साढे ३ प्रतिशत बढ्यो

Sep 04, 2020 02:37 PM Merolagani

यस साता नेप्सेमा करिब १२ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। नेप्से निरन्तर उकालो लागेसँगै लगानीकर्ताहरु उत्साहित भएपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको देखिन्छ।

यस साता ४ कारोबार दिनका लागि खुला रहेको बजारमा १९३ कम्पनीको १ लाख ५९ हजार १०४ पटकको कारोबारमा ११ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको ३ करोड ४ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

अहिले मुलकका अधिकांश हिस्सामा निषेधाज्ञा जारी गरिएको छ। लगानीकर्ताहरु घरमै बसी कारोबार गरिरहेका छन्। लगानी तथा रोजगारीका अन्य क्षेत्रहरु ठप्प छ। यस्तो अवस्थामा पूँजीबजारको बढ्दो गतिले लगानीकर्ताहरुलाई आकर्षित गरेको छ। जसका कारण अन्य क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु पूँजीबजारमा लगानी गर्न थालेका छन्। सोही कारण कारोबार रकममा वृद्धि भएको जानकारहरु बताउँछन्।

यसका साथै बैंकको ब्याजदरमा आएको कमीले पनि पूँजीबजार बढ्न टेवा दिएको छ। केही लगानीकर्ताहरु भने यस साताको वृद्धिलाई वर्तमान अर्थमन्त्रीको बार्हिगमनसँग पनि जोडेर हेरिरहेका छन्। यद्यपि, अधिकांश लगानीकर्ताहरु भने बजारको बुलले आकर्षित गरेको बताउँछन्।

यस साता नेप्से परिसूचक ३.५९ प्रतिशत अर्थात ५२.३८ अंक बढेको छ। अघिल्लो साताको बिहीबार १४५८.०४ विन्दुमा बन्द भएको नेप्से यस साता १५१०.४२ विन्दुमा बन्द भएको छ। अघिल्लो साताको तुलनामा यस साताको कुल बजार पूँजीकरण ६९ अर्ब ८४ करोड २० लाख रुपैयाँ बढेको छ।

यस साता कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस साता १६ हजार ६५६ पटकको कारोबारमा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको २० लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। सातामा अन्य उपसमूहको परिसूचक सर्वाधिक १२.९१ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा कम १.१७ प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २६९.४५ प्रतिशत बढेको छ।

यस साताको मोस्ट पपुलर बाइ स्टकमा ग्लोबल आइएमई समुन्नत स्किम १, आशा लघुवित्त वित्तीय संस्था, बेष्ट फाइनान्स लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कामना सेवा विकास बैंक, जोशी हाइड्रोपावर लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।