नेपाल इन्स्योरेन्सले एनसीसीको संस्थापक शेयर लिलामी बिक्री गर्ने

Sep 11, 2020 07:36 AM Merolagani

नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंक अर्थात नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनेपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने जनाइएको छ।

इच्छुक खरिदकर्ताले कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आवेदन दिनु पर्नेछ।

बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटलमा बोलपत्रवाता वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।