काेराेना बीमाकाे विवादले बीमा व्यवसायमा परेको असरबारे भदाै मै ल्याइने भनिएकाे रिपाेर्ट आएन

Sep 17, 2020 05:44 PM Merolagani

कोरोना बीमा मापदण्डको विवादले काेराेनाकाे प्रभावबारे बीमा समितिले भदाैभित्रै सार्वजनिक गर्ने  भनिएकाे रिपोर्ट आउन अझै समय लाग्ने भएको छ ।

बीमा समितिले कोरोना भाइसरले बीमा क्षेत्रमा पारेको विषयमा अध्ययन रिर्पोट तयार पार्दैछ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण बीमा व्यवसायमा पारेको प्रभावबारे समितिले रिर्पोट तयार गर्न लागेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलले कोरोनाले बीमा व्यवसायमा पारेको प्रभावबारे समितिले अध्ययन गरेर रिर्पोट तयार गरिरहेको मेरो लगानीलाई जानकारी गराए । ‘हामीले कोरोनाले बीमा व्यवसायमा पारेको प्रभावबारे अध्ययन गरेर रिर्पोट तयार गर्दैछौं । यहि महिना भित्रै रिर्पोट सार्वजनिक पार्ने तयारी थियो । तर कोरोना बीमा मापदण्ड संशोधन गर्नुपर्ने भएपछि अलि पछि सरेको छ ।’ उनले भने ।

केहि डाटाहरु मिलाउन बाँकी रहेकोले रिर्पोट सार्वजनिक हुन अझै केहि दिन लाग्ने उनको भनाई छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा काेराेनाकाे खासै प्रभाव पारेको देखिदैन् । त्यद्यपि केही कम्पनीहरुको खुद बीमा शुल्कसंगै नाफामा केही मात्र घटेको पाईएको छ । तर कोरोनाकाे कारणले बीमा कम्पनीहरुको व्यवसायमा दिर्घकालीन असर कस्तो होला भन्ने सबैको चासोको विषय बनेको छ ।

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बीमा कम्पनीहरुको व्यवसायको अवस्था कस्तो थियो भन्ने विषय अध्ययन गर्दा पनि कोरोनाले बीमा क्षेत्रमा पार्न सक्ने असरबारे अनुमान गर्न सकिन्छ ।

बीमा कम्पनीहरुको अवस्था यस्ताे छ 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ९१ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.९३ प्रतिशत अर्थात १५ अर्ब ८६ करोड रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ७५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत खुद बीमाशुल्क हो । खुद बीमा शुल्कको आर्जनको आधारमा व्यवसाय विस्तार गर्नेमा पुराना भन्दा पनि नयाँ बीमा कम्पनीहरु आक्रमक देखिएका छन् ।

अधिकांश नयाँ जीवन बीमा कम्पनीहरुले आफ्नो खुद बीमाशुल्क ५० प्रतिशत भन्दा बढीले बढाएका हुन् ।

तर  १९ जीवन बीमा कम्पनीहरुले मध्ये मेट लाइफ इन्स्योरेन्सको मात्रै व्यवसाय खस्किएको देखिएको छ । मेटलाइफको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १.४५ प्रतिशत घटेको हो ।

मेटलाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले खुद बीमाशुल्क बढाएपनि पाँच कम्पनीको नाफामा भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा महालक्ष्मी लाइफ, एलआईसी नेपाल, प्राइम लाइफ, सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्सको खुद नाफामा गिरावट आएका हुन् ।

यस्तै गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क भने ४.८७ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत खुद बीमाशुल्क घटेपनि नाफा भने करिब १० प्रतिशतले बढेको छ ।

सबै भन्दा धेरै खुद बीमाशुल्क घट्ने सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको खुद बीमशुल्क ३६.६० प्रतिशतले घटेको छ । यस्तै निर्जीवन बीमा कम्पनीहरु अब्ब्ल सवित हुदै आईरहेको शिखर इन्स्योरेन्को समेत खुद बीमा शुल्क घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा शिखरको बीमाशुल्क २४.१७ प्रतिशतले घटेको हो ।

यसैगरी खुद बीमाशुल्क घट्नेमा लुम्बिनी जनरल, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् ।

अपरिष्कृत तथ्यांक अनुसार ६ कम्पनीको नाफा समेत घटेको छ । युनाईटेड इन्स्योरेन्स, लुम्बिनी जनरल, राष्ट्रिय बीमा कम्पनी, हिमालयन जनरल, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको खुद नाफा घटेका छन् ।

यस अवधिमा युनाईटेड इन्स्योरेन्सको खुद नाफा ६२.९७ प्रतिशतले, लुम्बिनि जनरल इन्स्योरेन्सको २१.४८ प्रतिशतले, राष्ट्रिय बीमा कम्पनीको १८.२७ प्रतिशतले, हिमालयन जनरलको १२.८२ प्रतिशतले, शिखर इन्स्योरेन्सको ४.८२ प्रतिशतले र प्रभु इन्स्योरेन्सको ४.५७ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।