बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज अर्थात असोज २ गतेदेखि ९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ।
बोलपत्र आवेदन फाराममा लगानीकर्ताले आफुले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ।
शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।