ई–कमर्शबाट कमाएको पैसा नेपालकै बैंक खातामा ल्याउने गरी नेपाल राष्ट्र बेंकले गर्यो नयाँ व्यवस्था

Sep 18, 2020 08:51 AM Merolagani

नेपाल राष्ट्र बैंक ई–कमर्श लगायतका कारोबार बापत अनलाईन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने गरी नयाँ व्यवस्था गरेको छ। 

केन्द्रिय बैंकले सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री बापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए बापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार बापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने जनाएको छ। यससँगै अब युट्युब लगायतका सामाजिक सञ्जालहरुमार्फत कमाएको रकम समेत नेपालकै बैंकबाट प्राप्त गर्न सकिनेछ।

स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ।

विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारीे निर्देशनको पालना गर्नुपर्नेछ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्नेछ भने यसप्रकार सम्पन्न कारोवारहरुको मासिक विवरण तोकिएको ढांचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र केन्द्रिय बैंकलाई बुझाउनुपर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।