महिला सहयात्राको नगद लाभांश बैंक खातामा

Sep 18, 2020 08:43 AM Merolagani

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने घोषणा गरेको ७.५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो।

साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरिएको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो दर बराबरको रकम जम्मा गरिएको लघुवित्तले जनाएको छ।

हालसम्म शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

लघुवित्तको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।