नेपाल बैंकले डाक्यो विशेष साधारण सभा, के छ विशेष प्रस्ताव?

Sep 18, 2020 09:07 AM Merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले असोज १९ गते, सोमबार विशेष साधारण सभा डाकेको छ। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा आयोजना गरिने बैंकले जनाएको छ।

सभामा सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्था परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट ३ मा घटाउने र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ जना कायम गर्न नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले सोज ८ गते बुकक्लोज गर्ने भएको छ।

कोरोना भाइरस महामारीको जोखिमका साथै नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नुपर्ने भएकोले विशेष साधारण सभा भिडियो कन्फ्रेन्समाफएत हुने बैंकले जनाएको छ। सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुन आईडि र पासवर्ड उपलब्ध गराइनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।