विश्वको दोस्रो सबैभन्दा गम्भीर कोरोना बिरामी भारतमा, कुल संक्रमित संख्या ५२ लाख नाघ्यो

Sep 18, 2020 02:11 PM Merolagani

भारतमा लगातार कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । हालसम्म ५२ लाख १२ हजार ६८६ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७९२ कोरोना बिरामी फेला परेका छन् । 

यसैगरी भ्यान्टिलेटर अर्थात् आईसीयूमा भर्ना भएका बिरामीहरुको मामलामा भारत विश्वमा दोस्रो नम्बरमा रहेको छ । यस्ता बिरामीहरु सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने तेस्रो नम्बरमा ब्राजिल रहेको छ ।

यद्यपी रुसमा भारतको तुलनामा एक चौथाई गम्भीर बिरामी रहेका छन् । विश्वभरमा ६१ हजार २७५ गम्भीर बिरामी रहेका छन् ।

भारतमा सक्रिय बिरामीहरुको संख्या १० लाख १७ हजार ७१७ रहेको छ । यसैगरी गम्भीर बिरामीहरुको प्रतिशत करिब ०.८७ प्रतिशत रहेको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।