केन्द्रिय बैंकले लिएको नीति र बैंकहरुको वितरणयोग्य नाफामा आएको संकुचनका कारण बैंकहरुले नगद लाभांश भन्दा पनि बोनस शेयरमा विशेष जोड दिने देखिन्छ। काेराेनाकाे असरका कारण बैंकहरूमा परेकाे असरकाे सामना गर्न केन्द्रिय बैंकले लिएकाे नीति अनुसार यस वर्ष लगानीकर्तालाई बाेनस शेयर वितरण गरेर बैंककाे पैसा बैंकमा नै राख्नुपर्ने छ।
बैंकहरूलाई बलियाे बनाउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका बैंक तथा वित्तीय संस्थाको नगद लाभांश वितरणमा रोक लगाएको छ।
त्यस्तै केन्द्रिय बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदर भन्दा बढी नहुने गरी) मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको छ।
केन्द्रिय बैंकले नगद लाभांशमा गरेको कडाइका कारण यस वर्ष बैंकहरुले बोनस शेयरलाई जोड दिने बिज्ञहरु बताउछन्। यस अघि लाभांश घोषणा गरेको माच्छापुछ्रे बैंकले पनि नगद भन्दा बोनसलाई प्राथामिकता दिएको छ।
त्यस्तै लघुवित्त कम्पनीहरुले समेत बोनस शेयरमा जोड दिएका छन्। गत आर्थिक वर्षको कमाइबाट समता लघुवित्तले २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ भने ६.३२ प्रतिशत मात्र नगद लाभांश दिने भएको छ। आरएमडिसि लघुवित्तले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद,फस्ट माइक्रोफाइनान्सले ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। हालसम्म लाभांश प्रस्ताव गरेका सबै कम्पनीहरूले बाेनसमा जाेड दिएका छन्। हालसम्म लाभांश घोषण गर्ने सबै बैंक तथा वित्तीय स्ंस्थाहरुले बोनसमा नै जोड दिएका छन्। उनीहरुले कम नगद दिएर बढी बोनस दिने प्रस्ताव गरेका छन्।
बोनस वितरण गर्दा कम्पनीको चुक्ता पुँजी बढ्छ। त्यस्तै कम नगद दिँदा बैंकहरुले नाफालाई रिजर्भमा राख्न पाउछन्। यसले गर्दा बैंकहरुको रिजर्भ बलियो हुन्छ भने यसले संस्थालाई थप बलियो बनाउछ। गत वर्ष बैंकहरुको साँवा ब्याज उठ्न नसकेका कारण वितरणयोग्य नाफा घटेको छ। यसै कारण पनि बैंकहरुले यस वर्ष कर तिर्न केहि नगद बाँडेपनि धेरै नगद लाभांश भने नदिने बैंकरहरु बताउछन्।
यस वर्ष राष्ट्र बैंकको नीतिले गर्दा पनि बोनस शेयर दिनै पर्ने एक बैंकर बताउछन्। उनले भने "राष्ट्र बैंकको नीति अनुसार पनि बोनस नै दिनुपर्ने अवस्था छ। हामीले नगदलाई भन्दा बोनसलाई नै बढी प्रिफर गरेका छाैं। यसले गर्दा बैंकहले यस वर्ष बोनस दिनै पर्छ।"
नेपालमा लगानीकर्ताहरुले नगद लाभांश भन्दा पनि बढी बोनस शेयर मन पराउने गरेका छन्। अन्य देशमा नगद लाभांशलाई बढी मन पराइए पनि नेपालमा भने अधिकाँश लगानीकर्ता बोनस शेयरमा नै खुसी हुन्छन्। बोनसमा जोड दिएकै कारण लाभांश घोषण सुरु भएसँगै दोस्रो बजारमा पनि बैंक तथा वित्तीय संस्थाकाे शेयरमा आकर्षण बढ्ने लगानीकर्ताहरु बताउछन्।
गत वर्ष धेरै बैंकहरुले बोनस शेयर भन्दा नगद लाभांशमा बढी जोड दिएका थिए। केहि बैंकहरुले बोनसमा जोड दिएपनि धेरैले नगद लाभांश नै बढी वितरण गरेका थिए। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले औषतमा १८.८५ प्रतिशत लाभांश वितरण गरेको थिए। जसमा नगद लाभांश औषतमा १०.१४ प्रतिशत र बोनस शेयर औषतमा ८.७० प्रतिशत रहेको थियो।
- यस्ताे छ बैंकहरूले आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट वितरणा गरेकाे लाभांशः
यस वर्ष गत आर्थिक वर्षको तुलनामा बैंकहरुले लाभांश दर केहि घटाउने देखिएको छ। बाेनसमा जोड दिँदा दिँदै पनि नाफा घटेको आगामी दिन समेत बैंकहरुको लागि चुनौतिपुर्ण रहेका कारण लाभांशदर केहि घट्ने देखिन्छ।
यसअघि लाभांश घोषण गरेको माच्छापुछ्रे बैंकले पनि गत वर्षको तुलनामा लाभांश दर केहि घटाएको छ। गत वर्ष ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको बैंकले यस वर्ष ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी १०.४० प्रतिशत मात्र लाभांश वितरण गर्ने जनाएको छ।
लघुवित्तहरको पनि गत वर्षको तुलनामा लाभांश घटेको छ। आरएमडिसि लघुवित्तले गत वर्ष २५ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष २० प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। फस्ट माइक्रोफाइनान्सले गत वर्ष १७ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष १४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ।
गत आर्थिक वर्षको कुल वितरणयोग्य नाफाबाट बैंकहरुले औषतमा ११ प्रतिशत मात्र लाभांश वितरण गर्ने क्षमता राख्छन्। बैंकहरुले शेयर प्रिमियमबाट समेत लाभंश वितरण गर्न पाँउछन्। बैंकहरुको शेयर प्रिमियममा रहेको रकम समेत जोड्दा लाभांश वितरण क्षमता केहि बढ्छ। तर बैंकहरु यस वर्ष धेरै नगद वितरण गर्ने पक्षमा छैनन्। उनीहरुले नगद घटाएर बोनसलाई नै जोड दिने छन्।
- गत वर्षकाे वितरणयाेग्य नाफाबाट कति छ बैंकहरूकाे लाभांश वितरण गर्ने क्षमता?
(नाेटः बैंकहकाे चाैथाे त्रैमासकाे वित्तीय विवरणमा उल्लेख भएकाे वितरणयाेग्य नाफाबाट मात्रै लाभांश क्षमता गणना गरिएकाे छ। बैंकहरूकाे शेयर प्रिमियममा रहेकाे रकम समेत जाेड्दा लाभांश क्षमता केहि बढ्ने छ। )