राष्ट्र सेवक कर्मचारीलाई कोरोना बीमा गर्न बीमक संघको आग्रह

Sep 18, 2020 02:02 PM Merolagani

नेपाल बीमक संघले राष्ट्र सेवक कर्मचारीहरुलाई कोरोना बीमा गराउन आह्वान गरेका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषण गरे अनुसार कोरोना बीमा गर्न संघले राष्ट्र सेवक कर्मचारीहरुलाई आग्रह गरेको हो ।

सरकारबाट अनुदानको व्यवस्था भएको तथा बीमा समितिबाट कोरोना बीमा मापदण्ड २०७७ लागु भएपश्चात बीमक संघका सम्पुर्ण २० वटै सदस्य बीमा कम्पनीहरुबाट राष्ट्रसेवक कर्मचारीहरुको बीमा भएको संघले जनाएको छ ।

त्यस अनुसार इच्छुक राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित संस्थाहरुले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गर्न कुनै पनि निर्जीवन बीमा कम्पनीको कुनैपनि शाखामा सम्पर्कगरी सरकारबाट प्राप्त हुने अनुदान सुविधा लिन सकिने जनाएको छ ।

यस्तै संघले निर्जीवन बीमा कम्पनीहरुलाई सरकारबाट प्राप्त हुने अनुदानमा हुने कोरोना बीमाको लागि सहजिकरण गर्न आग्रह समेत गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सबै राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा निःशुल्क गरिदिने व्यवस्था गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।