लिबर्टी इनर्जीको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

Sep 18, 2020 12:09 PM Merolagani

लिबर्टी इनर्जी कम्पनीको साधारण शेयर नेप्सेका सूचीकृत भएको छ। कम्पनीको एक करोड ५० लाख कित्ता साधारण शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।

 कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकिएको छ। त्यस अनुसार आइतबार कम्पनीको शेयर करोबार हुनेछ। कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि) संकेत दिएको छ।

कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो। आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए।

१० कित्ता देखि ३० कित्ताका लागि आवेदन दिने सबैले मागे अनुसारको शेयर पाएका थिए भने ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए। सबैलाई ३० कित्तासम्म बाँडफाँट गरेर बाँकी रहेको शेयर गोलाप्रथाबाट थप १० कित्ता वितरण गरिएको थियो।

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो। जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।