देशभरमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, निधन हुनेको संख्या ३९० पुग्यो

Sep 18, 2020 04:31 PM Merolagani

पछिल्लो २४ घण्टामा दुई हजार २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै धेरै हो । योसँगै कोभिड १९ पुष्टि हुनेको कुल संख्या ६१हजार ५९३ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १७ हजार ३८३ जना छन् ।

यस्तै गत एक दिनमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८७१ रहेको छ । हालसम्म भने देशभरमा कोरोना मुक्त हुने ४३ हजार ८२० जना छन् । अहिले क्वारेन्टिनमा सात हजार ७३६ जना छन् भने संस्थागत आइसोलेसनमा नौ हजार २९५ जना र होम आइसोलेसनमा आठ हजार ८८ जना रहेका छन् । पछिल्लो एक दिनमा ११ हजार ४५८ पीसीआर परीक्षण भएको छ । योसँगै मुलुकमा कुल आठ लाख ९४ हजार ३७३ पीसीआर परीक्षण भइसकेको छ ।

शुक्रबार नेपालमा थप सात जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ३९० पुगेको छ । आज देशभरमा मृत्यु भएका संक्रमितहरुको विस्तृत विवरण यस्तो छ :

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।